Tuesday, June 22

विवाद सल्टाउन गठन गरेको कार्यदल वैधानिक नभएको भन्दै प्रचण्डसँग असन्तुष्ट भए यी तीन नेताहरु

August 16, 2020 199

काठमाडौं साउन ३२ । सत्तारुढ दल (नेकपा)का अध्यक्षद्धय प्रम ओली र प्रचण्डले पार्टी विवाद सल्टाउन गठन गरेको ६ सदस्यीय कार्यदल वैधानिक नभएको भन्दै यी तीन नेताहरु प्रचण्डसँग रुष्ठ भएका छन् ।

वरिष्ट नेता माधव कुमार नेपाल , झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल गठनमा सहमति जनाए पनि यसको गठन प्रक्रिया भने वैधानिकता नभएको भनी असन्तुष्ट भएका हुन् ।

हिजो शनिबार प्रचण्ड निवास पुगेका यी तीन नेताले प्रचण्डलाई भेटि यसरी गठन भएको कार्यदलमा काम गर्नु वैधानिक नभएको भन्दै ,भोली कार्यदलले बुझाएको रिर्पोटमा कुनै नेताले नमान्ने अवस्था आए त्यसले मान्यता पाउने — नपाउने विषयमा आफुहरु संम्वेदनशील रहेको स्पष्ट पारेका छन् ।

नेता खनाल , नेपाल र श्रेष्ठले भने कुनै विषयमा निणर्य लिदा पार्टी कमिटिको बैठक राखेर मात्र निणर्य लिदा भोलीका दिनमा त्यस्तो कुनै अप्ठ्यारो नआउने जानकारी गराएका थिए ।

अध्यक्षद्धय प्रम ओली र प्रचण्ड बिच गएको बिहिबार र शुक्रबार भएको भेटवार्ता छलफलमा पार्टी विवाद सल्टाउन ६ सदस्यीय कार्यदल गठन भएको थियो ।

प्रतिकृया दिनुहोस्