July 20, 2020 257
काठमाडौं, ०५ साउन / कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा आएको पहिरोमा परि एकको ज्यान गएको छ । आइतबार राति झरेको पहिरोमा परि २२ वर्षीय नवराज गुरुङको ज्यान गएको हो प्रहरीले जनाएकाे छ ।
अहिले उनको शव पोष्ट म्यार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनलाई गागलफेदी स्थित घट्टेखोलामा खसेको पहिरोले पुरेको थियो । आइतबार साँझ साथीहरुसँग खेल्न जंगल गएको बेला शैच गर्न खोला जाँदा पहिरोले उनलाई पुरेको उनकासाथीहरुले बताएका छन् ।
घटनाबारे थप विवरण आउन बाकी (फाइल तस्बिर )
प्रतिकृया दिनुहोस्