Friday, July 30

भरतपुर अस्पतालको ओपिडी सेवा अनिश्‍चितकाललाई बन्द

August 17, 2020 247

साउन ३२, २०७७ काठमाडौं : भरतपुर अस्पतालको ओपिडी सेवा बन्द हुने भएको छ। अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमित भएको र भर्ना भएको बिरामी तथा सम्पर्कमा आएका बिरामीको परीक्षण गर्नुपर्ने भएकोले बन्द गरिएको भरतपुर अस्पताल प्रशासनले जनाएको छ। आइतबार अस्पताल प्रशासनले जारी गरिएको सूचनामा भनिएको छ,’ जनरल ओपिडी सेवा बन्द गरी एकीकृत इमर्जेन्सी सेवा मार्फत बिरमीको उपचार गरिन्छ। आइसियू उपचारमा रहेका बिरामीलाई व्यवस्थापन गरी निर्मलीकरण को लागि नयाँ सेवा बन्द गरिन्छ।‘ शल्यक्रिया गर्नुपर्ने बिरामीको लागि सेवा निरन्तर जारी रहने बताइएको छ।

प्रतिकृया दिनुहोस्