Tuesday, May 11

गोंगबु ह’त्याकाण्डकि अभियुक्त कल्पना मुडभरी अभिनित ‘सर्ट मुभी’ यस्तो रहेछ (भिडियो हेर्नुहोस् )

August 17, 2020 848

काछमाडौ / गोंगबु ह’त्याका’ण्डकी अभियुक्त कल्पना मुडभरी पौडेलले अभिनय गरेको सटमुभि भिडियो बाहिरीएको छ ।करिब चार वर्षअघि रोल्पाको रून्तीगढी गाउँपालिका-७ का ४५ वर्षीय कृष्णबहादुर बोहोरा र चितवनको कालिका नगरपालिका-७ की ३७ वर्षीया कल्पना मुडभरी पौडेलबीच फेसबुकमार्फत चिनजान भयो । सामाजिक सञ्जालमार्फत फेसबुकमार्फत चिनजान भएर साथी बनेका उनीहरुबीचको सम्बन्ध झाँगिदै गएपछि दुवैजना घनिष्ठ बने ।

फेसबुकबाट झाँगिएको सम्बन्ध बाक्लिँदै गएपछि दुवैजना एक अर्का बसेको ठाउँमा आउन जान थाले । उनीहरुको बसोवाससमेत एकअर्काको कोठामा हुन थाल्यो । चार वर्षअघिको त्यो दोस्तीको कथा ‘ह’त्या’ मा पुगेर दुःखद अन्त्य भएको छ । शनिवार साँझ (२४ साउन) मा आफ्नो डेरामा आएका कृष्णबहादुरलाई कल्पनाले ह’त्या गरिन् । आइतबार बोहराको श’व सुटकेशमा, टा’उको र गो’डा जेब्रा झोलामा भेटियो । ह’त्या आफूले नै गरेको पौडेलले स्वीकार गरिसकेकी छन् ।

प्रहरीलाई दिएको बयानमा कल्पनाले कृष्ण बहादुरले आफ्नो फोटो प्रयोग गरेर नक्कली फेसबुक आइडी खोलेर दु:ख दिन थालेपछि ह’त्यासम्म गर्नुपरेको बयान दिएकी छिन् । उनका अनुसार नक्कली आइडी खोलेर बदनाम गर्न खोजेको तथा आफू अनुकुल चल्न दबाब दिन थालेपछि उनको ह’त्या गर्नुपरेको साविती बयान कल्पनाले दिएकी छन् ।

ह’त्या आरोपमा पक्राउ परेकी कल्पनाको आर्थिक हैसियत कमजोर रहेको पाइएको छ । कल्पनाले गत वर्ष जेठी छोरीको बिहेदान गरिन् । छोरीको विहेमा उनले २ लाख रुपैयाँ घरधनीसँग सापटी लिएकी थिइन् । सो पैसा फिर्ता गर्न कल्पनाले चितवनमा माईतीलाई जग्गा बेच्न आग्रह गर्दै आएको उनको बुवाले बताएका छन् । ऋणमा चलेपनि उनको जीवनशैली भने राम्रै थियो । राम्रो लगाउँथिन, मिठो खान्थिन् । म’दिरा पनि पिउँथिन् । उनले डि’प्रेश’नको औषधी पनि खाने गरेको प्रहरी बताउँछ ।

वि’भ’त्स ह’त्याका पछाडि अन्य कारण पनि हुनसक्ने प्रहरी आ’शंका छ । जसको खोजी प्रहरीले गरिरहेको छ । अहिले प्रहरीले आर्थिक पाटो पनि रहेको हुन सक्ने भन्दै अनुसन्धान गरिहरेकाे छ । कृष्णबहादुरका परिवारले कल्पनाले पैसा प्रयोग गरेको आ’शं’का गरेपछि प्रहरीले आर्थिक पाटोमा अनुसन्धान सुरु गरेको हो । अनुसन्धानमा संग्लन एक प्रहरी अधिकारीका अनुसार कल्पना मुडभरी पौडेलले कृष्णबहादुरको ६० लाख बढी रकम प्रयोग गरेको आ’शं’का गरिएकाे छ ।

कल्पनाले साचिक्कै लिएको हो वा होइन भन्ने अहिलेसम्म खुलेकाे छैन । कल्पनाले पैसा लिएर फिर्ता गर्‍यो कि गरेन भन्ने पनि खुलेकाे छैन । कल्पनाले ठूलो आर्थिक रकम चलाएको र त्यो रकम मागेपछि विवाद भएको हुनसक्ने समेत आ’शं’का छ । यसअघि बोहोराले आफन्तहरुसँग ‘आफ्नो ५० लाख रुपैयाँ फसेको’ बताउने गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्