Friday, April 23

ठूला शहरमा त्रिब्र गतिमा फैलिदै कोरोना, काठमाडौँपछि चितवनमा पनि अवस्था भयाभह

August 17, 2020 279

काठमाडौं । नेपालमा कोरोनाले भयाभह रुप लिइरहेका बेला फेरी चितवनमा ११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
गएराती भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा मकवानपुरका एक जना र चितवनका १० जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका अनुसार कोरोना संक्रमित हुनेहरुमा भरतपुरका ४ महिला र ३ पुरुष हुन् । उनीहरु १५ देखि ४१ वर्ष उमेर समूहका रहेका छन् ।

त्यस्तै पूर्वीचितवन राप्ती नगरपालिका–२ र ९ का २ जना बालिका र एक महिला रहेका छन् । पछिल्लो समय काठमाडौँ उपत्यका लगायतका शहरमा तिब्र गतिमा कोरोना संक्रलमण भइरहेको छ ।

प्रतिकृया दिनुहोस्