Thursday, March 4

बाढीले ताप्रिसेराको पक्की पुल नै बगायो, साँफे-मार्तडी सडक अवरुद्ध

July 20, 2020 236

साउन ५, २०७७ कैलाली : आइतबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले बाजुरामा पक्की पुल नै बगाएको छ। पुल बगाएपछि साँफे-मार्तडी सडकखण्डमा सवारी आवागमन अवरुद्ध भएको छ। आइतबार राती परेको अविरल वर्षासँगै घट्टेखोलामा आएको बाढीले ताप्रिसेराको पुल बगाएको हो। उक्त खोलामा ३ वर्षअघि करिब २० मिटर लामो मोटरेबल पुल निर्माण गरिएको थियो। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार अहिले ताप्रीसेरादेखि बल्देसम्म नै सवारीसाधनको आवागमन ठप्प भएको छ। ​​बाढीले ताप्रीसेरानजिकै रहेको एकसय रोपनी बराबर खेत र नजिकैको बस्तीमा ठुलो क्षति पुर्‍याएको छ। दवारीनजिकै खसेको पहिरोका कारण साँफे–मार्तडी सडक लगातार २ सातादेखि अवरुद्ध छ।

प्रतिकृया दिनुहोस्