Friday, April 23

कर्णाली नदीको गोही किसानका खेतमा देखिएपछि यसरी लिइयो नियन्त्रणमा

August 17, 2020 169

दाङ । एकाबिहानै बर्दिया राष्ट्रिय निकुञ्जका रेञ्जर नारायणप्रसाद देवकोटाको फोनमा घण्टी बज्यो । कुरा हो साउन २९ को ।एक किसानले फोनमा स्थानीयको खेतमा गोही देखिएको जानकारी दिए ।

तत्कालै रेञ्जर देवकोटाले निकुञ्जको सुरक्षार्थ खटिने नेपाली सेनालाई जानकारी दिँदै सहयोग मागे । तत्कालै टोली धानखेतमा गोही पसेको स्थानमा पुग्यो । ठूलो आकारको मगर गोहीलाई नियन्त्रणमा लिनका लागि उक्त टोलीमा तालिमप्राप्त अधिकारी कोही नभएपछि केही अप्ठ्यारो भने भयो ।

१२० केजी तौल र लम्बाई ७ फिटभन्दा धेरै भएको गोहीलाई स्थानीय, निकुञ्जको सुरक्षार्थ खटिने नेपाली सेना मिलेर स्थानीय स्रोत साधनको प्रयोग गर्दै नियन्त्रणमा लिए । बाँसका भाटाले स्थानीयले जिस्काएपछि गोहीले रिसको झोकमा बाँस टोक्यो । गोहीले बाँस टोकेको मौका छोपेर पछाडीबाट केही युवाले गोहीको टाउको अँट्याए भने केहीले बाँध्ने काम गरे ।

निकै जोखिम मोलेर गोहीलाई नियन्त्रणमा लिएको बताउँदै रेञ्जर देवकोटाले भने बाँसका भाँटाले जिस्काउँदा गोही रिसायो र झम्टिन खोज्दा ठूलो जोखिम भयो । तर पनि ठूलो समुह गोही नियन्त्रणमा लागेका कारण ३ घण्टाको अन्तरमा नियन्त्रण्मा लिन सफल भइयो । कर्णाली नदीको एउटा भंगालो हुँदै गोही स्थानीयको खेतसम्म पुगेको बताइएको छ ।

उक्त मगर गोही गेरूवा कर्णाली नदिमा बाढी आउँदा कुलो हुँदै खेतमा पुगेको हो देवकोटाले भने। गोहीलाई नियन्त्रणमा लिएर निकुञ्जतर्फ फर्किने क्रममा रेञ्जर देवकोटाले भने जनावर मानिसका दुश्मन होइनन् बरू सहयोगी बन्न सक्छन् । त्यसैले जनावरलाई माया गर्न सिकौँ । गरौँ । तस्बिर सौजन्यस् रेञ्जर नारायणप्रसाद देवकोटा।

प्रतिकृया दिनुहोस्