Thursday, May 13

६ दिन अघि पक्राउ परेका थुनुवालाई म्याद थपका लागि अदालत लैजादै गर्दा देखियो कोरोना

August 17, 2020 280

काठमाडौँ — नेपालमा समुदायस्तरमा कोरोना फैलिएको स्वास्थ्य मनत्रालयले अस्विकार गर्दै आएता पनि देशभरका विभिन्न स्थानमा समुदायमा नै एकपछि अर्को गर्दै कोरोना देखिन थालेको छ ।

जसको पछिल्लो उदाहरण राजधानीको महानगरीय प्रहरी वृत्त कालीमाटीको थुनामा देखिएको छ । थुनामा रहेका एक पुरुषलाई कोरोना भाइरसको संक्रमण देखिएसँगै संक्रमित युवालाई आइसोलेसनमा लगिएको प्रहरीले जानकारी दिएको छ ।

उनलाई अदालतमा म्याद थपका लागि लैजानुअघि गरिएको पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको प्रहरीले जनाएको छ । उनी ६ दिनअगाडि पक्राउ परेका थिए । कुन कसुरमा उनलाई पक्राउ गरिएको हो भन्नेचाहिँ प्रहरीले खुलाएको छैन ।

 

प्रतिकृया दिनुहोस्