Friday, April 23

आज पनि घट्यो सुनको मुल्य

August 17, 2020 765

काठमाडौ, भदौ १- नेपाली बजारमा आज पनि सुनको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा दुई सयले घटेर ९८ हजार दुई सय रुपैयाँ कोरोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य पनि घटेको छ ।

आज तेजाबी सुनको मूल्य ९७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तैगरी आज चाँदीको मुल्य पनि भने घटेको छ । आज चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्