फोनमा कुरा गरिरहेका बेला ३ घरको तलमाथीबाट खसेर २३ वर्षे विकासको गयो ज्यान

August 17, 2020 726

बुटवल । घरको छतमा फोनमा कुरा गरिरहेका एक युवकको छतबाट खसेर ज्यान गएको छ । घटना हो रुपन्देहीको । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ प्रहरी टोलका २३ वर्षका विकास जैसवालको आफ्नै घरको तीन तल्ला माथिबाट खसेर ज्यान गएको प्रहरीले जनाएको छ ।

फोनमा कुरा गरिरहेका उनले आँफु कहाँ छु भन्ने नै भलेर छतमा हिँड्दै कुरा गर्दै गरिरहेका बेला एक्कासी ३ तलाबाट खसेपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा ज्यान गएको हो । घटनाबारे रुपन्देही प्रहरीले अनुसन्धान शुरु गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्