Saturday, July 31

खोलामा कपडा धुन गएका ३२ वर्षीय बेगमको डुबेर मृत्यु

August 17, 2020 461

काठमाडौं, १ भदौ- दाङ, गढवा गाउँपालिका(१ रंसिङ खोलामा सोही स्थान बस्ने ३२ वर्षीय बेगम कामीको आइतबार दिउँसो डुबेर मृत्यु भएको छ । खोलामा कपडा धुन गएको अबस्थामा उनको डुबेर मुत्यु भएको हो ।

कंचनपुर, महाकाली नगरपालिका-८ जर्गा टोलस्थित रामपुरे टापु खल्लामा डुबेर सोही स्थान बस्ने ६३ वर्षीय गंगे कामीको आइतबार मृत्यु भएको छ ।

सोही नगरपालिकास्थित जनज्योती माविमा वृद्धभत्ता बुझी घरतर्फ आउने क्रममा उक्त खल्लामा डुबेर अशक्त भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ

प्रतिकृया दिनुहोस्