Wednesday, April 21

इराकमा दुवै मृगौला फेल भएर उपचार गराइरहेका नेपाली युवा दीपकको उपचारका क्रममा निधन

August 17, 2020 399

कुर्दिस्तान। इराकको कुर्दिस्तानमा एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरका ३६ वर्षीय दीपक कुमार लामा रहेका छन् । ६ महिनादेखि दुवै मृगौला फेल भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । डाइलोसिस गर्दै गर्दा गम्भीर अवस्थामा पुगेपछि उनलाई सकारी अस्पतालमा रिफर गरिएको थियो ।

सरकारी अस्पातल पुर्‍याइएको केहीदिनमै उनलाई अस्पतालले मृत घोषणा गरेको बताइएको छ । उनी ३ वर्षअघि वैदेशिक रोजगारीको लागि इराक गएका थिए । सुरुदेखि निजी अस्पतालमा उपचार गराइरहेका उनी आर्थिक अभाव भएपछि त्यहाँबाट सरकारी अस्पतालमा रिफर गरिएको थियो ।

बीचमा सामान्य जीवनयापन गरिरहेका लामालाई एक्कासी आकस्मिक उपचारको लागि आइसीयूमा भर्ना गरिएका उनको आइसीयू कक्षमै मृत्यु भएको बताइएको छ । लकडाउनको बेलामा बिरामी परेपछि उनी नेपाल फर्किन सकेका थिएनन् । अभियानमा कुर्दिस्तानमा रहेका नेपालीहरुले हातेमालो गरेका थिए।

प्रतिकृया दिनुहोस्