Thursday, April 22

दुखद खबर, कोरोनाका कारण नेपालमा फेरी थप एक जनाको मृत्यु

August 17, 2020 298

धनुषा-धनुषामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर(४ का ५० वर्षीय पुरुष रहेका छन्। स्वास प्रश्वासको समस्या भएपछि उनलाई अस्पतालमा ल्याईएको थियो ।बिरामी सिकिस्त भएपछि साउन ३१ गते अस्पताल भर्ना गरेर उपचार सुरु भएका उनको आज मृत्यु भएको हो ।

अस्पताल भर्ना भएकै दिन ति पुरुषमा कोरोना पुष्टि भएको थियो ।टिल किसिमको निमोनियाबाट ग्रसित ती पुरुषलाई ३१ साउनकै राति श्वासप्रश्वासमा समस्या भएपछि आईसीयूमा भर्ना गरिएको र उपचारकै क्रममा उनको ज्यान गएको बताइर्एको छ ।यो सँगै धनुषामा कोराना संक्रमति भएर मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्