Wednesday, April 21

अहिले लिने गरेको शुल्कमा आधा रकम घटाएर अब कोरोना जाँचिने

August 18, 2020 210

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले सरकारले तोकेको भन्दा आधा शुल्कमै कोरोना परीक्षण गर्ने भएको छ ।सरकारले सशुल्क कोरोना परीक्षणको लागि ५ हजार ५ सय रुपैयाँ तोकेको छ तर नोबेलले भने २ हजार ६ सय रुपैयाँमै कोरोना भाइरसको परीक्षण गर्ने तयारी गरेको हो ।मोडिफाइड पिसिआर मेसिनबाट आउने साताबाट परीक्षण सुरु गर्न अस्पतालले जनाएको छ ।

यो प्रविधिको मेसिन नेपालमै पहिलो पल्ट प्रयोग गर्न लागिएको हो। मेसिनमा आउने नतिजाको गुणस्तर शंकास्पद आए मेसिन प्रयोगमा नल्याइने अस्पतालले जनाएको छ ।

यो परीक्षणलाई एन्टिजेन टेस्ट भनिएको छ। यद्यपी यसमा पनि स्वाबबाटै परीक्षण गरिने छ ।मेसिनले दुई देखि तीन घण्टामै नतिजा दिने दाबी अस्पतालले गरेको छ ।

प्रतिकृया दिनुहोस्