Thursday, May 13

कोरोना संक्रमणबाट काभ्रेमा एक वृद्धको मृत्यु, उनका छोरा र बुहारीमा पनि कोरोना संक्रमण

August 18, 2020 309

काभ्रे- कोरोना संक्रमणबाट काभ्रेमा एक वृद्धको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले दिएको जानकारी अनुसार धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको कोरोनाका कारण गएराति मृत्यु भएको हो। कोरोना संक्रमण देखिएर साउन २७ गतेदेखि धुलिखेल अस्पतालको आइसोलेसनमा उपचाररत थिए । उपचारका क्रममा मृत्यु भएका उनका छोरा र बुहारीमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसँगै काभ्रेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । यसअघि २६ साउनमा पाँचखाल ५० वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट ललितपुरस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएको थियो ।

त्यस्तै कोरोनाका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या जिल्लामा चार पुगेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले नेपालगञ्ज उपमहानगरपालिका–५ का ६२ बर्षिय जडीबुटी व्यवसायी समाजसेवी मुस्लिम समुदायका पुरुषको सोमवार राति ११ः४० बजे नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको बताए ।

उनले ती पुरुषको उपचारका क्रममा सो अस्पतालमा मृत्यु भएको जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार मृतकको दुवै तर्फको फोक्सोमा निमोनिया भएको थियो । श्रेष्ठका अनुसार उनलाई ३० साउनमा लक्षण देखिएपछि परिवारका सदस्यले ३२ साउनमा उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्