Monday, August 2

तनहुँमा समुदायस्तरमै फैलियो कोरोना सङ्क्रमण, एकै परिवारका पाँच जनामा पुष्टि भएपछि अबस्था भयाभह

August 18, 2020 378

दमौली, २ भदौ तनहुँको व्यास नगरपालिकाका दुई महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार राति ८ बजे सार्वजनिक गरेको विवरणअनुसार व्यास नगरपालिका–१ का ३१ र २३ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

व्यास नगरपालिका–१ का एकै परिवारका पाँच जनामा पोखरामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि नगरपालिकाले शनिबार १०२ जनाको स्वाब सङ्कलन गरेको थियो ।

त्यसमध्ये ९५ जनाको रिपोर्ट सोमबार दिउँसो नेगेटिभ आएको थियो । “राति अबेरमात्रै दुई सङ्क्रमित भएको प्रदेशको विज्ञप्ति आयो, यसबारे रुजु गरेर मात्रै विस्तृतमा भन्न सकिन्छ”, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले भन्नुभयो ।

प्रतिकृया दिनुहोस्