Tuesday, May 11

जंगली च्याउ खाँदा एकैघरका २ जनाको गयो ज्यान, ३ को अबस्था गम्भीर

August 18, 2020 181

काठमाडौं- प्युठानमा जंगली च्याउ खाँदा एकैघरका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौबहिनी गाउँपालिका वडा नं। ६ ढाखोलाका १३ वर्षीय सुगम घर्ती र उनका दाजु १५ वर्षीय सुरेश घर्ती रहेको प्रहरीले जनाएको छ ।

च्याउ खाँदा परिवारका ५ जना नै बिरामी परेका थिए । बिरामी परेका मध्य ३ जनाको अबस्था गम्भीर रहेको बताइएको छ ।बिरामी परेका ५ जनालाई नै उपचारको लागि अस्पताल लैजाने क्रममा २ जनाको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार च्याउ खाएर बिरामी भएका बुवा ३३ वर्षीय विष्णु घर्ती, ३० वर्षीया आमा लिला घर्ती र १७ वर्षीय दाइ शशि घर्तीको उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्