Thursday, May 13

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारीमा आफुले जित्ने निश्चित भएको डा. शेखर कोइराला दावी

August 18, 2020 166

काठमाडौं २ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यति बेला आफ्नो १४ औं महाधिवेशनको तयारीमा जुटेको छ ।

यही फागुमा हुने भनिएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन विश्वरभर फैलिएकोे (कोभिड- १९) नाम दिइएको कोरोना भाइसरले गर्दा पछि सरेको हो । तर पनि अर्को वर्षको भदौसम्ममा १४ औं महाधिवेशन गरिसक्नु पर्ने भएकाले यति बेला नेपाली कांग्रेसका नेताहरु महाधिवशनको तयारी लागि परेका छन् ।

अहिले सम्म महाधिवेशनमा कुन —कुन समुहले प्रतिस्पर्धा गर्ने भन्ने विषयमा स्पष्ट नभएको बेला डा. शेखर कोइरालाले भने सभापतिमा आफ्नो उम्मेदवारी पक्का भएको बताएका छन् । अघिल्लो महाधिवेशनमा जस्तो उम्मेदवारी फिर्ता नलिने पनि बताएका छन् । उनले एक कार्यक्रममा बोल्दै युवा पुस्ताको क्षमतालाई कदर गर्दै युवा वर्गलाई जोडेर आफ्नो प्यानल बनाउने पनि जानकारी गराएका छन् ।

उनले भनेका छन् , ज— जसले सभापतीमा उम्मेदवारी दिए पनि आफुलाई तराई पहाड हिमाल तथा मधेसका नेता कार्यकर्ताको सर्मथन रहेकाले आफुले जित्ने निश्चित रहेको दावी गरेका छन् ।

प्रतिकृया दिनुहोस्