Friday, April 23

राष्ट्रिय झन्डा ज’ला’उने पक्राउ, कानुनमा छ ३ वर्ष जेल सजाय

August 18, 2020 588

काठमाडौं । सोमवार सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको ‘देशद्रोही’ शीर्षकको म्युजिक भिडियोमा राष्ट्रिय झण्डा ज’ला’एको देखिएको थियो । सो भिडियो सार्वजनिक भए लगत्तै उनलाई तत्काल पक्राउ गरी कारवाही गर्न सामाजिक सञ्जालमा सर्वसाधारणले माग गरेका थिए ।

राप्रपा सांसद राजेन्द्र लिङदेनले पनि यस्ता ब्यक्तिलाई कारवाही गर्न माग राख्दै ट्विटरमा लेखेका थिए । उनले लेखे ‘जातीय घृ’णा फैलाउने र राष्ट्रिय झण्डा ज’ला’उने कार्य कुनै पनि अर्थमा र कदापि स्वीकार्य हुँदैन । यसप्रकारको वि’ष वृक्ष उमार्ने र मलजल गर्ने काम कसैले नगरौं ।’

भिडियोमा सर्वत्र विरोध भएपछि अहिले प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भिडियोमा देखिएका एक ब्यक्तिलाई नेपालको राष्ट्रिय झण्डा ज’ला’एको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनको नाम भने अहिले खुलाइएको छैन । भिडियोमा केही युवक र युवती देखिएका छन् । सामाजिक सञ्जालमा ब्यापक विरोध भएपछि उनको खोजि थालेको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

अपराध महाशाखाका एसएसपी दिपक थापा एक जना ब्यक्ति पक्राउ परेको पुष्टि गरेपछि नाम खुलाएनन् । उनले घटनाको अनुसन्धान भइरहेको बताए ।

मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो क’सूर गरे ३ वर्ष कै’द सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ । मंगोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार उक्त भिडियो अपलोड गरिएको थियो ।

जसमा राष्ट्रिय झण्डा ज’ला’उँदै बाहुनलाई गा’ली गरिएका शब्द राखिएको गीत थियो । गीतमा ब्यक्त गरिएका शब्द समाचारमा उल्लेख गर्न नमिल्ने खालका थिए । अहिले सामाजिक सञ्जालमा पनि यो विषय भाइरल भएको छ । र्याप जनरामा गाइएको गीतको लिरिक्स र्यापर मंगोल ग्याल्ज् ली एन्ड एटीएमले लेखेका हुन् । मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको भिडियो लिइएको देखिन्छ ।

 

प्रतिकृया दिनुहोस्