Friday, April 23

म्युजिक भिडिओमा राष्ट्रिय झन्डा जलाउने एक युवती सहित चार जना पक्राउ, ६ जनाको खोजी हुँदै

August 19, 2020 205

काठमाडौं, भदौ ३-म्युजिक भिडिओमा राष्ट्रिय झन्डा जलाउने चारजन पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक युवती र तीन युवा रहेका छन् । अन्य ६ जना व्यक्तिहरूको पहिचान भइसकेको र खोजी तीब्र पारिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । भदौ १ गते अपलोड गरिएको उक्त भिडिओ भाइरल भएपछि मंगलबार दिनभरि अपरेसनमा जुटेको थियो ।

पक्राउ पर्नेहरु क्यामरामेन, भिडिओमा आवाज भर्ने, भिडिओ इडिट गर्ने र भिडिओ लिएर इडिटिङ गर्न जाने व्यक्ति रहेका छन् । पक्राउ परेका चारै जना व्यक्तिमाथि अनुसन्धान थालिएको बताइएको छ ।

यस भिडिओका गायक गेल्जङ दोर्जे तामाङ हुन्। एक युट्युव च्यानलमार्फत ‘देशद्रोही’ नामको म्युजिक भिडिओ सार्वजनिक भएको थियो। त्यस भिडिओको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाएको भिडिओ छ ।

झण्डा जलाएको भिडिओको चौतर्फी विरोध भएपछि महानगरीय अपराध महशाखाको टोलीले अनुसन्धान थालेको थियो।

प्रतिकृया दिनुहोस्