Tuesday, May 11

कम परिक्षण गरेर कोरोना संक्रमितको संख्या घटेको देखाउने सरकारी रणनीति फेल

August 19, 2020 226

काठमाडौं, भदौ ३ । नेपालमा कोरोना संक्रमितको संख्या दिनमै एक हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार १ हजार १६ जनामा संक्रमण पुष्टि गरेको हो।

गत माघ ९ गते पहिलो संक्रमण देखिएयता यो हालसम्मकै सर्वाधिक संक्रमित संख्या हो। यसअघि असार १९ गते ७ सय ४० जना संक्रमित फेला परेका थिए। मंगलबार काठमाडौं उपत्यकामै २ सय ५ जनामा संक्रमण देखिएको छ।अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मुलुकभरका प्रयोगशालामा १३ हजार ४ सय ६१ पीसीआर परीक्षण गर्दा मंगलबार यो मात्रामा संक्रमित भेटिएको बताए। उनका अनुसार उपत्यकाका ३ जिल्लामध्ये काठमाडौंमा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित थपिएका छन्।

शुक्रबार मुलुकभर ५ सय ९४ जना संक्रमित थपिएका थिए। त्यस्तै शनिबार ४ सय ६८ र आइतबार ६ सय ४१ जनामा कोरोना पुष्टि भएको थियो। मंगलबारको कोरोना पोजिटिभको वृद्धि ७. ५५ प्रतिशत हो।

नेपालमा दैनिक रुपमा कोरोना महामारी बढ्दा, नियन्त्रणमा सरकार असफल हुँदा प्रम ओलीका खास मान्छे स्वास्थ्य मन्त्री भानुक्त ढकालको चर्को आलोचना भइरहेको छ । उनले युद्धस्तरमा उत्रिएर काम गर्नुपर्ने बेला उनी कहाँ छन् जनताले पत्तो पाउन सकेका छैनन।

प्रतिकृया दिनुहोस्