Monday, July 26

राष्ट्रकवि घिमिको निधनले नेपाली साहित्य क्षेत्रमा अपुरणीय क्षति : पूर्वराजा ज्ञानेन्द्र

August 19, 2020 270

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

पूर्वराजा शाहको सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै निधनको खबरले दुखित तुल्याएको भन्दै नेपाली साहित्यको क्षेत्रमा अपुरणीय क्षति भएको उल्लेख गरेको छ ।

पूर्वराजा शाहका सचिवालय सदस्य फणि पाठकद्धारा जारी गरिएको विज्ञप्तिका माध्यमबाट पूर्व राजा शाहले देशभक्ति र प्रकृति प्रेममा आधारित कवि घिमिरेका अनेकौँ काव्य कृति सदापठनीय र मननीय रहेको उल्लेख गरिएको छ ।

शाहले घिमिरेको निधनले नेपाली वाङ्मय र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको पनि स्मरण गरेका छन् ।

प्रतिकृया दिनुहोस्