Thursday, May 13

लगातारको बढीरहेको सुनचाँदीको यस्तो छ आजको बजार भाउ, तीजमा घट्न के गर्ला ?

August 19, 2020 516

काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार छापावाल सुन एक लाख चार सय रुपैयाँमा कारोबार भएकोर आज पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्य वर्षहरुमा तिजको मसयमा बढ्ने सुनको मूल्य यसपटक भने तिजलाई नै नकुरी अहिलेसम्मकै उच्च बिन्दुमा पुग्दा सुनको कारोबार ठप्प जस्तै छ ।

सुन किन्नेभन्दा बेच्नेहरुको लाम लागेको सुन ब्यबसायीहरु बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि स्थिर रहँदै तोलामा ९९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै मंगलबार चाँदी १३ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज भने ७५ रुपैयाँ घटेर १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्