क्वारेन्टिमा बसेकाहरुको संख्या कम हुँदै गएपछि समुदाय स्तरमा पनि कोरोना परिक्षण गरिएको हो । स्थानिय प्रशासनले यति धेरै जनामा कोरोना देखिएपछि सचेत हुन सर्वसाधारणलाई आग्रह गरेको छ ।
संक्रमित व्यक्तिलाई कलैयास्थित आइसोलेसनमा ल्याउने तयारी थालिएको प्रशासनले जनाएको छ । बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले पनि कोरोनाले थप चुनौती दिएको बताएका छन् । कलैयास्थित आइसोलेसनमा यस अघि नै ६ जना संक्रमित उपचाररत छन्। यो सँगै आइसोलेसनमा बस्ने संक्रमितको संख्या ५२ पुग्ने भएको छ। बारामा यसअघि एक सयभन्दा बढी व्यक्ति उपचारपछि घर फर्किसकेका छन् भने दुई जनाको निधन भएको छ।
यो अर्को समाचार, अविरल वर्षाका कारण सरकारी कार्यालयहरु डुबान
आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले जिल्ला सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् ।
सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चौक, बसपार्कलगायतका क्षेत्र जलमग्न भएको स्थानीय व्यापारीहरुले बताएका छन । निरन्तर वर्षा भइरहँदा जिल्लाका विपन्न, सुकुम्वासी र पिछडिएका दलित परिवार प्रभावित भएका छन् । जिल्लाको वाग्मती, लखन्देही, फूलजोर, कालिन्जोर, बाँके, मनुष्मारा, झिमलगायतका खोलामा जल सतह बढेको छ । खोलाले केही ठाउँमा खेतीयोग्य जमीन कटानसमेत शुरु गरेको जिल्लाका किसानहरुले बताएका छन ।
गहिरो स्थान र निकास नरहेका ठाउँहरुमा पानी जमे पनि जनधनको क्षति कतै नभएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । आइतबारकै तुलनामा पानी परिरहे डुबानको समस्या बढ्न सक्ने उनको भनाइ छ ।
मनुसन सक्रिय भई केही दिन वर्षा हुने अनुमान गरेकाले नदी तथा खोला किनारका छेउ र चुरेभेगमा बसोबास गरिरहेका नागरिकलाई सचेत हुन स्थानीय प्रशासनले आग्रह गरेको छ । यस्तै वर्षाको पानीले जिल्लाको पूर्व–पश्चिम हुलाकी र अन्य भित्री सडकसमेत हिलाम्मे हुँदा जनजीवन प्रभावित बनेको छ । सर्लाहीको कर्णाली भनेर मानिने नारायणखोलामा आइतबार बिहानैदेखि परेको अविरल वर्षाका कारण सवारी आवातजावत ठप्प भएको छ ।
प्रतिकृया दिनुहोस्