Saturday, July 31

काठमाडौँमा कोरोना कहर, बसन्तपुर काल भैरवको मन्दिर अगाडी मास्कविहिन माग्नेहरुको भिड (फोटोफिचर)

August 19, 2020 241

काठमाडौँ । नेपालमा कोरोना संक्रमण भयाभह बन्दै गइरहेका बेला राजधानी काठमाडौँ कोरोनाको हटस्र्पोट बन्दै गएको छ ।राजधानीका मुख्य ब्यापारिक केन्द्र न्यूरोड, असन महाबौद्धमा एकपछि अर्को भारतीय र स्थानीय ब्पारीमा कोारेना संक्रमणको पुष्टि भएका बेला न्यूरोड क्षेत्रमा बुधबार चर्को चहलपहल देखियो । चहलपहल बढेको खबर पाएपछि ओएस नेपाल टिम न्यूरोडमा पुग्दा ठूलो संख्यामा असहायहरुको भिड नै देखियो ।

काठमाडौँ प्रशासनले १० जना भन्दा बढी एकै ठाउँमा भेला नहुन आदेश जारी गरेका बेला न्यूरोडमा भने ठूलो संख्यामा माग्नेहरु एकै ठाउँमा भेला भएर बसेको देखिन्थ्यो । उनहीरु मास्कविहिन अवस्थामा थिए ।अझ रोचक कुरा त के छ भने जहाँ उनीहरु लाम लागेका बसेका थिए सोही स्थानबाट केही मिटरको दुरीमा प्रहरी चौकी छ ।

प्रतिकृया दिनुहोस्