Wednesday, June 23

सल्यानको भगवती खोलाले माछा र कुखुराका फर्म बगायो

August 19, 2020 338

भदौ ३, २०७७ सल्यान : मंगल राती भारी वर्षापछि आएको बाढीले सल्यानको श्रीनगरस्थित समृद्धि पशुपंक्षी तथा कृषि फर्म बगाएको छ। फर्भभित्र भगवती खोलामा आएको बाढी पस्दा माछा र कुखुरा बगाएको र ८ लाख रुपैयाँ बराबरको क्षति भएको सञ्चालक हिमाल शर्माले जानकारी दिएका छन्‌। बाढीले पोखरीमा रहेका ४ हजार माछाका भुरा, ५५० कुखुरा र १५ बोरा कुखुराको दाना बगाएको हो। स्थानीय किसानले व्यवसायिक कुखुरापालन गर्दै आइरहेपनि भगवती खोलाको बाढीले वर्षेनी फर्ममा क्षति पुर्‍याउने गरेको छ। तर, बाढी रोकथाम गर्न कुनै निकायले चासो देखाएका छैनन्‌। गएराती आएको वर्षापछि आएको बाढीले बनगाड कुपिण्डेको सल्ली चौरजहारी सडकखण्डको नाथेखोलामा पुलमा कान गर्दै आइरहेका फिल्ड सुपरभाइजर दिलीप खत्री अझै बेपत्ता रहेका छन्। उनको खोजी कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ। रातभर पानी पर्दा जिल्लाका विभिन्न स्थानमा दर्जन बढी घरमा क्षति पुगेको र क्षतिको सम्पूर्ण विवरण भोलीसम्म आउने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताएका छन्‌।

प्रतिकृया दिनुहोस्