Wednesday, June 23

दार्चुलामा मकरीगाड हाइड्रोपावरमा कार्यरत एक मजदूरको ढुङ्गाले लागेर मृत्यु

August 19, 2020 213

दार्चुला, ३ भदौ-दार्चुलाको मकरीगाड हाइड्रोपावरमा कार्यरत एक जना मजदूरको ढुङ्गा लागेर मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका– ५ मकरीगाडमा निर्माणाधीन १० मेगावटको मकरीगाड हाइड्रोपावरमा कार्यरत मजदूर २९ वर्षीय सुनिलसिंह धामीको मृत्यु भएको हो ।

मकरीगाड हाइड्रोपावरको पोल बोक्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । ढुङ्गा लागेर घाइते भएका धामीलाई उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याउने क्रममा सेलविसामा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको गोकुलेश्वर अस्पतालमा शव परीक्षण गरिएको छ । मृतक धामी गत चैतदेखि मकरीगाड हाइड्रोपावरमा कार्यरत थिए । मृतकका एक छोरा र श्रीमती छ । (रासस)

प्रतिकृया दिनुहोस्