Wednesday, June 23

नेपालमा भयाभह बन्दै कोरोना संक्रमण, २८ हजार ९३८ जनालाई लाग्यो कोरोना

August 19, 2020 215

काठमाडौं । पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नेपालमा पछिल्ला दिनमा पिसिआर परिक्षणको दर बढाएसँगै संक्रमितको संख्या पनि बढेको छ । आज ११ हजार ५२२ जनाको परीक्षण गर्दा ६८१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ सय २० जनाले कोरोनालाई जितेर फर्किएका छन् । योसँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १७ हजार ७०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ५९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।जसमध्ये काठमाडौँमा १ सय ३४ जनामा ४५ जना महिला र ८९ जना पुरुष गरेर १ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै देशभर नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ११ हजार १ सय १८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्