Wednesday, April 21

भारतमा भयावह बन्दै कोरोना : पछिल्लो २४ घण्टामा मात्रै ९ सय ८० जनाको मृत्यु, ६९ हजार बढी संक्रमित

August 20, 2020 82

काठमाडौं । भारतमा हरेक दिन ६० हजारको दरमा कोरोना संक्रमितफेला पर्न थालेका छन् । पछिल्लो ४ घण्टामा मात्र भारतमा ६९ हजार १ सय ९६ जना कोरोना संक्रमित भेटिएका छन् ।

यो सँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २८ लाख ३५ हजार ८ सय २२ पुगेको छ । त्यस्तै हालसम्म २० लाख ९६ हजार ६८ कोरोना संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ९ सय ८० जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ हजार ९ सय ९४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्