कोरोनालाई जितेपनि मिर्गौलाको रोगले थलिए क्रिकेटर कुन्दन, दुवै मिर्गौलाले गर्दैनन् काम

August 20, 2020 233

काठमाडौं, भदौ २ । मधुमेह, किड्नी, सुगर, मुटुरोग भएकाहरुले कोरोनालाई जित्न सक्दैनन् भन्ने तथ्यलाई जनकपुरका कुन्दन सिंह राजपुतले फेल ख्वाइदिएका छन् ।

दुवै मिर्गौला फेल भएर उपचाररत क्रिकेटर कुन्दन सिंह राजपुतले प्रादेशिक अस्पतालले धरानमा उपचार गराएर कोरोनालाइ जित्न सफल भएका हुन् ।

झण्डै १० महिनादेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका कुन्दनको जनकपुर प्रादेशिक अस्पतालमा जाँच गर्दा कोरोना संक्रमणको पुष्टि भएपछि थप उपचारका लागि अस्पतालले धरान पठाएर उनलाई कोरोनामुक्त भएसँगै डिस्चार्ज गरेर घर पठाइएको छ ।

कोरोनालाई जितेसँगै कुन्दनले आत्मबल उच्च बनाए कोरोनालाइ जित्ने बताए कोरोनालाई जितेपनि २५ वर्षका कुन्दन आफ्ना मृर्गौलाको उपचारको पर्खाइमा छन् । उनका दुवै मृर्गौलाले काम गर्न छाडीसकेका कारण डायलसिस गरेर मात्र ज्यान थामिएको छ ।

काठमाडौंको वीर अस्पताल र भक्तपुरको एक अस्पतालमा उपचार गराएपछि उनी आर्थिक अवस्था कमजोर भएकै कारण महोत्तरीको जलेश्वर फर्किएका छन् । उनलाइई थाहा छैन उनी कहिले सध्य भएर फेरी ब्याट र बल बोकेर क्रिकेट खेल्न फर्किन पाउँछन् । उनी प्रदेश २ क्रिकेट टिमका ओपनर ब्याट्सम्यान हुन् ।

प्रतिकृया दिनुहोस्