Wednesday, June 23

आगो निभाउँदा निभाउँदै हेलिकोप्टर दुर्घटना, पाइलटको गयो ज्यान

August 20, 2020 555

काठमाडौं-अमेरिकाको क्यालिफोर्नियामा आगो निभाउँदा निभाउँदै हेलिकोप्टर दुर्घटनामा परेको छ । दुर्घटनामा परी एक पाइलटको ज्यान गएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।

क्यालिफोर्नियास्थित जंगलको धेरै ठाउँमा लागेको आगोलाई निभाउन ती पाइलटले हेलिकप्टरबाट पानी खन्याइरहेका बेला हेलिकप्टर कोयलिंगा भन्ने स्थानमा दुर्घटनामा परेको बताइएको छ ।

हाल हेलिकप्टर तथा जमीन दुवैबाट आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताइएको छ । सयभन्दा बढी स्थानमा आगलागी भएपछि हाल क्यालिफोर्नियामा आपतकाल अवस्थाको घोषणा गरिएको छ। आगलागीबाट बच्न सान फ्रान्सिस्कोका हजारौं मानिसहरु घर छाडेर सुरक्षित स्थानमा लागिसकेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्