काठमाडौँ । काठमाडौँ उपत्यकामा गएरातीदेखि लागू भएको निषेधाज्ञा लकडाउनको समयभन्दा पनि थप कडाईका साथ लागू गरिएको छ । बुधबार निषेधाज्ञाको पहिलो दिन उपत्यका सुनसान जस्तै बन्यो ।
तर प्रशासनले बढ्दो कोरोना संक्रमण रोकथामका लागि भन्दै जारी गरेको निषेधाज्ञा तोड्न केही बहादुरहरु पनि काठमाडौँका सडकमा देखिए ।
काठमाडौं उपत्यकामा निषेधाज्ञाको उल्लंघन गर्ने ११७० जना बहादुरहरु कारबाहीमा परेका छन् । उनीहरुलाई कारबाही स्वरुप कम्तिमा पनि दुई घण्टा होल्ड गरी छाडिएको छ ।
कोरोना संक्रमित बढ्दै गएपछि गएराती देखी लागु हुने गरी सरकारले काठमाडौं, ललितपुर र भक्तपुरमा प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो।
सोही निषेधाज्ञाको उल्लंघन गर्ने एक हजार एक सय ७० जनालाई प्रहरीले कारबाही गरेको हो।
अहिलेसम्म र ८ सय ९३ सवारीसाधनलाई नियन्त्रणमा लिइएको बताइएको छ ।यी सवारीसाधनलाई कसरी छाड्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्