Tuesday, June 22

आफ्नै कार्यक्रममा पूजा र आफ्नो विबादबारे प्रकाश यसरी खुले, भने अब कहिल्यै कसैलाई होच्याएर बोल्ने छैन

August 21, 2020 388

काठमाडौं । दाह्रा निस्किएकी नायिका भनेर विबादमा तानिएका चर्चित सिने पत्रकार प्रकाश सुवेदीलाई अन्तत नायिका पूजा शर्माले माफीदिएकी छिन् ।

अबदेखि एकले अर्कालाई गालीगलौज नगर्ने, कलाकार र पत्रकारबीच विवाद ल्याउने प्रयास नगर्नेलगायतका सहमतिपछि पूजा प्रकाश विबाद टुंगीएको हो ।

तर यो विबाद लम्बिँदै गएका बेला प्रकाशले पछिल्लो समय कार्यक्रम संचालन गर्दै आर्एको एपीवान टेलिभिजनका मालिक क्याप्टेन रामेश्वर थापाको पहलमा दुवैबीचको झगडा मिलापत्रमा टुंगिएको हो ।

पूजा प्रकाश लफडाको मिलापत्रमा कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नृत्यकार संघका का।वा।अध्यक्ष जनक कार्कीलगायतले हस्ताक्षर गरेका छन् ।

यसअघि पनि विभिन्न संघ संस्थाले पूजा प्रकाश लफडालाई मिलाउने प्रयास गरेको र प्रकाश स्वयमले पनि पटक पटक माफी मागेको भएता पनि पूजा समुहले प्रकाशले हल्का तरिकाले माफी मागेका कारण उनलाई कारवाही नै गराएर छाड्ने भन्दै हिँडेपछि यो विबाद लम्बिएको थियो । मिलापत्र भएसँगै पूजाले प्रकाशविरुद्ध चालेका उजुरीका निवेदनहरु सबै फिर्ता गर्ने पनि सहमती भएको छ ।

प्रतिकृया दिनुहोस्