Friday, April 23

झन्डा जलाउनेलाई कडा चेतावनी-झन्डा जलेको तस्बिर/भिडियो समाबेस नगर्न आग्रह (भिडियो)

August 21, 2020 320

काठमाडौँ- युट्युबमा सार्वजनिक भएको ‘देशद्रोही’बोलको गीत र भिडियोको चौतर्फी विरोध भएको छ । भिडियोमा नेपालको झन्डा जलाइएको छ भने कुनै जाति विशेषलाई गाली गरिएको छ । गीतलाई मंगोल ग्याल्जीले गाएका छन् ।

मंगोल हप नामको युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको यो गीतलाई गायक ग्याल्जीले नै लेखेका हुन् । कुनै जाति विशेषलाई शरणार्थी भन्दै गाली गरेको यस गीतलाई युट्युबमा ५९ हजार भन्दा बढीले ‘डिसलाइक’ गरीसकेका छन् । भिडियोमा ढाको टोपी र झन्डाको अपव्याख्या गरिएको छ । भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, पृथ्वीनायारायण शाहलगायतको तस्बिरसमेत जलाइएको छ ।

मंगोल मास्ने, खस लिपि लाद्ने, उर्वर भूमि खोस्ने, विजयादशमी मान्न लगाउने कुनै जाति विशेष नै भएको उल्लेख गर्दै गीतमा मंगोल राष्ट्रवादको बाटो रोज्नुपर्ने बताइएको छ ।

उक्त गीतको बारेमा र झन्डा जलाइए बिषयमा पुर्बेली एक युवा मिडियामा आएका छन् । आक्रोश सहित् मिडियामा आएका युवाले झन्डा जलाएको बिषमा आफुलाई निक्कै रिष उठेको बताउछन् । उनले कुराकानीकै क्रममा भने, ‘त्यस्ता गीत त भिडियोहरुलाई तुरुन्त प्रतिबन्ध लगाउनु पर्छ ।’

भिडियो हेर्नुहोला:

 

प्रतिकृया दिनुहोस्