Friday, April 23

११ वर्षदेखि बेपत्ता बुबाको खोजिमा आमा-छोरा, यस्तो पीडा देख्दा कस्को मन नरोला (भिडियो)

August 21, 2020 333

काठमाडौं । छोराको विवाह गरेको १५ दिनमै घर छाडेका व्यक्ति सम्पर्कमा नआउँदा परिवार पीडामा छ । छरछिमेक, साथीभाई, इष्टमित्रले बेलाबखत बुबा कहाँ हुनुहुन्छ भनेर सोध्दा छोराको मन रुन्छ ।

परिवारमा बुबाले घर छाडेपछि आमाले व्यवहार सम्हाल्दै आउनु भएको छ । बुबाले घर छाडेका सुरुका दिनमा परेका कठिनाई विस्तारै खाटा बस्दैछन् । कहिले काही खाटा लागिसकेको घाउ कोट्याइदिनेहरुका कारण आमाका आखाँबाट बलिन्द्र आँशु झर्छन् ।

काभ्रे नमोबुद्ध नगरपालिका वडा नम्बर २ साविकको दाप्चा फुलवारीका अमन्ती दाहाल आजसम्म घर फर्केर नआउँदा परिवारको यो वेदना सुनेर कम गरिदिने कोही छैन । खोजी गरेर ल्याइदिन्छु भन्ने कोही छैनन् । त्यसैले सुप्रियादेवी दाहाललाई अमन्ती सरको कुरा नसोधे पनि हुन्थ्यो भन्ने लागिरहन्छ ।

अमन्तीले चैत १५ गते विहान बनेपा बजारमा एक जना अधिबक्ताको कार्यालयबाट फोन गरे । दिउँसो कलंकीको पेट्रोलपम्प नजिकबाट छोरासँग भएको फोन सम्वादपछि न अमन्तीले परिवारसँग सम्पर्क गरे न त परिवारले सम्पर्क गर्न सकेको छ ।
सुमनको परिवारले ३ बर्षसम्म अमन्तीको खोजी गरे । कहि कतै अत्तोपत्तो लागेन ।

देखेको, भेटेको सुनाउनेहरुले लगेर भेटाइदिएनन् । बुबाको खोजीमा लागेका सुप्रियादेवीको परिवारमा २०७७ साल साउन महिनामा घरमै आएका भुकम्प प्रतिरोधी घर निर्माण भए नभएको जाँच गर्ने प्राविधिक दुर्गा अधिकारीले अमन्तीसँग आधा घण्टा भेटेको भनेर जानकारी गराए ।

देशको कुनै पनि ठाउँमा बुबालाई देख्नेले खवर गर्नेछन भन्नेमा पनि सुमन बिश्वस्त छन् । उनको बुबालाई कतै देखेभेटेमा अमन्ती दाहाल परिवारका एक्ला छोरा सुमनलाई खवरगरिदिनु हुन हामी पनि तपाई सबैलाई अनुरोध गर्छौ ।हेर्नुहोस् भिडियोः

प्रतिकृया दिनुहोस्