Tuesday, June 22

कोरोना संक्रमणबाट नेपालमा एकैदिन हालसम्मकै सबैभन्दा बढीको मृत्यु, आईसीयू र भेन्टिलेटरमा चाप

August 22, 2020 750

काठमाडौ भदौ ६ । कोरोनाका कारण एकै दिन हालसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ । शुक्रबार नेपालमा थप ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

एकै दिन यति धेरै मृत्युु भएको यो पहिलो हो । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३७ पुगेको छ ।समाचार अनुसार कोरोना सङ्क्रमण बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचार गर्ने सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार शुक्रबार देशभर १४८ जना कोरोना सङ्क्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । गोरखापत्र दैनिकमा खबर छ ।मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले १५ जना सङ्क्रमित भेन्टिलेटरमा र १३३ जना सङ्क्रमित आईसीयूमा उपचाररत रहेको जानकारी दिँदै बाग्मती प्रदेशका मात्र ५२ जना आईसीयूमा रहेको बताए ।

प्रतिकृया दिनुहोस्