Friday, April 23

लोकप्रिय अभिनेता विपिन कार्कीको आज जन्मदिन

August 22, 2020 208

काठमाडौँ । चलचित्र पशुपति प्रसादमा भष्मे डनको अवतारमा देखा परेर ब्यापक चर्चा कमाएका अभिनेता हुन् विपिन कार्की । उनै लोकप्रिय अभिनेता कार्कीको आज जन्मदिन परेको छ ।

रंगमञ्च हुँदै चलचित्रमा आएका विपिनले छोटो समयमा नै दर्शकको अत्याधिक माया पाउन सफल भएका बेला जात्रै जात्रा, प्रसाद, सेल्फी किङ, गोपी, लगायतका चर्चित फिल्ममा कमालको अभिनय गरेर दर्शकको मन जितेका यि अभिनेताले भिन्न रोल गरेकै कारण दर्शकको मन मनमा बस्न सफल छन् ।

दर्शक र समिक्षकले मुक्तकण्ठले प्रशंसा गर्ने गरेपछि गज्जबसँग जमेका विपिनले पछिल्ला दिनमा म्यूजिक भिडियोमा पनि काम गर्न थालेका छन् । कोरोना कहरका कारण चलचित्रका गतिबिध ठप्प भएका बेला विपिनले डर छैन बोलको म्यूजिक भिडियोमा अभिनय गरेसँगै उक्त म्यूजिक भिडियोको पनि ब्यापक चर्चा भएको छ ।

 

प्रतिकृया दिनुहोस्