Sunday, June 20

यस्ता प्रमाण भेटीपछि अनुसन्धानमा जुट्यो पुरातत्व, विज्ञ र अनुसन्धान टोली अयोध्यापुरी पठाउने

July 20, 2020 148

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्मस्थानका बारेमा दिएको अभिब्यक्ति पछि नेपाल र भारतमा तरंग उत्पन्न भएको छ । भारतले भगवान रामको जन्मस्थान अयोध्या भन्दै दावी गर्दै आएको भए पनि खास प्रमाण दिन सकेको छैन । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले नेपालकै अयोध्यापुरीमा भगवान राम जन्मिएको र भारतले नक्कली अयोध्या बनाएको भनेर अभिब्यक्ति दिएपछि भारतका मिडिया भने आलोचनामा उत्रिएका छन् ।

प्रधानमन्त्रीले नै त्यस्तो अभिब्यक्ति दिएपछि पर्साको ठोरी स्थित अयोध्यापुरीमा भगवान रामको जन्म भएको प्रमाण खोज्न थालिएको छ । पुरातत्व विभागले त्यस समबन्धी अनुसन्धान सुरु गरेको हो । विभागले विभागकै पुरातत्व अधिकृतसहितको विशेष टोली माडी र ठोरी पठाएर अनुसन्धान गर्ने योजना सहित काम सुरु गरेको छ ।

प्रम ओलीले गएको असार २९ गते भानुजयन्तीको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा अयोध्या नेपालमै रहेको र भगवान् रामचन्द्र नेपालमै जन्मिएको अभिब्यक्ति दिएका थिए । प्रधानमन्त्रीको सो अभिब्यक्ति पछि माडी र ठोरीका स्थानिय भने खुसी भएका छन् । त्यहाँ रहेका भगवान राम र सिताका मन्दिरमा पुजा सुरु भएको छ । जन्मस्थानका रुपमा प्रमाण जुटाउन सकिने बस्तुहरुका बारेमा प्रचार हुन थालेका छन् ।

यो पनि : ओलीले अयोध्याका बारेमा दिएको अभिब्यक्तिको जवाफ फर्कायो भारतले, दियो आधिकारिक आफ्नो धारणा !

प्रधानमन्त्री ओलीको अभिब्यक्ति पछि परराष्ट्रमन्त्रालयले भारतलाई नोट पठाएर सो अभिब्यक्ति राजनीतिक नभएको जनाएको थियो । परराष्ट्र मन्त्रालयले नोट पठाएको भएपनि सरकारी तवरले भने अनुसन्धान र प्रमाण खोज्ने काम भने सुरु भएको छ । एक वर्ष अघि उत्पादन भएको भारतीय एक भिडियो सामग्रीमा पनि भगवान राम नेपालकै ठोरीमा जन्मिएको प्रमाण धेरै भएको उल्लेख गरेको छ । अहिले सो भिडियो पनि भाइरल भएको छ ।

प्रम ओलीको सो भनाइलगत्तै विभागले प्रमाण जुटाउन अनुसन्धान शुरु गरेको जनाएको छ । सो क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले अनुसन्धान गरी प्रमाण जुटाउन पुरातत्व विभागलाई निर्देशन दिइसकेको छ । विभागमा महानिर्देशक दामोदर गौतमसहितको टोली मन्त्रालयमा पुगेपछि मन्त्रालयले प्रमाण संकलन गर्न निर्देशन दिएको गौतमले जनाएका छन् । वाल्मीकि आश्रम, लवकुश जन्मिएको र सीता भासिएको स्थान, अयोध्यापुरी र अश्वमेघ यज्ञ भएको स्थानलगायतको बारेमा विभागले अनुसान्धान गर्ने तयारी गरेको छ ।

यो पनि : अयोध्या भारतमा नभएर नेपालमै भएको धेरै प्रमाण भेटिए, ठोरी र माडीका जनप्रतिनिधि भन्छन् अब भगवान् राम नेपालको ज्वाइँ नभएर छोरा भएको प्रष्ट भो (१० तस्विरसहित)

 

प्रतिकृया दिनुहोस्