Wednesday, April 21

नेकपाको जारी कार्यदल बैंठकले प्रम ओलीले दूवै पदबाट राजीनामा दिन नपर्ने गरि प्रतिवेदन तयार पार्दै

August 22, 2020 162

काठमाडौं ६ भदौ । सत्तारुढ दल नेकपाको विवाद टुङग्याउन गठित ६ सदस्यीय कार्यदलको बैठक बालुवाटारमा जारी छ ।

अब धेरै कुरा मिलिसकेकोले आजै प्रतिवेन तयार पार्ने बालुवाटार स्रोतले बताएको छ । कार्यदलले तयार पारेको प्रतिवेदनमा प्रम ओलीले दूवै पदबाट राजिनामा दिन नपर्ने गरी तयार पारेको स्रोतको दाबी छ । कार्यदलको बैठकमा अध्यक्षद्धय प्रम ओली र प्रचण्डको कार्यविभाजन , मन्त्रिपरिषद, प्रदेश सरकार पुनगर्ठन , नियुक्ती, सिफारिस लगायत महत्वपुर्ण विषयमा पार्टीमा छलफल भएपछि मात्र सरकारले निर्णय लिने एकता महाधिवेशनलगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी गराएको छ ।

नेता माधव कुमार नेपालले भने महाधिवेशनको बारेमा सहमति खोजिए समस्या सिर्जना हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्