Monday, August 2

कोरोना संक्रमितको संख्या बढेसँगै लकडाउन फेरी एक साताका लागि लम्बियो

August 23, 2020 490

काठमाडौँ । झापाको दमकमा एक साता लकडाउन थपिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गत सातादेखि लगाइएको लकडाउन पुनः थपिएको हो ।एक साताको अवधिमा संक्रमितको संख्या झन् बढेपछि लकडाउन थप्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार एक साताको अवधिमा संक्रमितको संख्या झन् बढेपछि लकडाउन थप्ने निणय गरिएको हो ।

कोरोना पछिल्ला दिनमा समुदायस्तरमा नै देखिन थालेपछि लकडाउन गरेर कन्ट्रयांक ट्रेसिगंको माध्यमबाट पत्ता लगाउने पनि काम भइरहेको नगरपालिकाले जनाएको छ । शनिबार मात्र दमकमा १६ जनामा संक्रमण पुष्टि भएसँगै आकस्मिक रुपमा यस्तो कदम चालिएको हो ।
६६ जनामा कोरोनाको संक्रमण देखिएको दमकमा १९ जना उपचारपछि घर फर्किएपनि अन्य उपचार भइरहेको नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्