Saturday, July 24

कालिकोटमा पहिरो पिडितलाई सहयोग गर्न राहात लिएर पुगे पल शाह

August 23, 2020 302

काठमाडौं । नायक पल शाहले कालिकोट पुगेर पहिरो प्रभावितलाई सहयोग वितरण गरेका छन् । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्यमा पहिरो पिडितलाई सहयोग गर्न त पल शाह काठमाडौंबाट कालिकोट पुगेका हुन् ।पहिरो प्रभावितलाई राहतको आवश्यकता रहेको हुँदा प्रतिकुल अवस्थाका बाबजुद पल कालिकोट पुगेका हुन् ।

प्रतिष्ठानले त्यहाँका ४० परिवार पहिरो प्रभावितलाई खाद्यान्न, बिस्तरा लगायतको सहयोग वितरण गरेको छ ।नायक पल शाहले कालिकोट यात्रा क्रममा बाटोमा आफैंले खाना पकाएर खाएका तस्विरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।

बाढी पहिरोका कारण यात्रा कष्टकर भए पनि कालिकोटको पिडा महसुस गरेर सहयोग गर्न पुगेको बताए । कालिकोट नरहरिनाथ गाउँपालिकामा पहिरो जाँदा ठूलो जनधनको क्षति भएको थियो ।

प्रतिकृया दिनुहोस्