Thursday, May 13

नेपालमा कोरोनाका कारण थप एक जनाको गयो ज्यान

August 23, 2020 127

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–११ बस्ने ५६ वर्षीया महिला रहेकी छन् ।

नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा शनिबार बेलुकी साढे ७ बजे उनको निधन भएको हो । उनमा थाइराइडको विरामी रहेको र पछि ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो ।

साउन २४ गतेदेखि नै आईसीयूमा राखिएकी उनमा पछिल्लो १२ घण्टा भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि बचाउन नसकिएको बताइएको छ । योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्