Sunday, July 25

ऋषि पञ्चमी नुहाउन गएका तीन बालिका बागमती नदीमा बेपत्ता

August 23, 2020 130

रौतहट -ऋषि पञ्चमी नुहाउन गएका तीन बालिका बागमती नदीमा बेपत्ता भएका छन् । रौतहटको धरमपुर घाटस्थित बागमती नदीमा नुहाउन गएका तीन जना बालिकाहरु बेपत्ता भएका प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा धरमपुर टोल बस्ने भदै मुखियाकी १० वर्षीया पिङ्कु कुमारी मुखिया, लक्ष्मण दासकी १२ वर्षीया छोरी सुसिता कुमारी दास छट्टु मुखियाकी १० वर्षीया छोरी चञ्चल कुमारी मुखिया रहेका छन् ।

घटना लगत्तै १० जनाको उद्धार टोली घटनास्थल पुगेको थियो ।नदीमा पानीको बहाव बढेको कारण उनीहरुलाई बगाएको हुनसक्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्