Friday, April 23

यूएई गएको ६ महिनामै करेन्ट लागेर ज्यान गयो कृष्णको

August 23, 2020 394

यूएई – यूएईको दुबईमा एक नेपालीको करेन्ट लागेर ज्यान गएको छ । ज्यान जानेमा रुपन्देही ११ मझुवाका ३० वर्षीय कृष्णबहादुर खड्का रहेका छन् । उनको साउन २२ गते कम्पनीकै काम गर्ने क्रममा वेल्डिङ्का लागि मेशिन तयार गर्दै गर्दा करेन्ट लागेर ज्यान गएको हो । उनी कामको शिलशिलामा ६ महिना अघि दुबै गएका थिए ।कृष्णबहादुरको घरमा सुत्केरी श्रीमती छन् ।

५० दिन पहिले जन्मिएकी छोरीको स्वास्थ्य अवस्था नाजुक भएकाले बुटवलको आम्दा अस्पतालमा आइसीयुमा राखेर उपचार भईरहेको छ । आइतबार नेपाल एअरलाइन्सको जहाजमार्फत कृष्णबहादुरको शव नेपाल पठाउन लागेको बताइएको छ ।

रुपन्देही तथा पाल्पाली सेवा समाजमार्फत कृष्णबहादुरको परिवारलाई सहयोगार्थ राहत रकम संकलन गरिरहेको छ । कृष्णबहादुरको शव नेपालसम्म कम्पनीले पठाउने भएको छ ।

प्रतिकृया दिनुहोस्