Saturday, July 31

नेपाल कै ठुलो ताल रारा जाने छोटो बाटो निमार्ण कार्यले तिव्रता लिदै

August 23, 2020 121

युद्ध बहादुर मल्ल/ मुगु – मुगु जिल्ला सदरमुकाम गमगढीबाट नेपाल कै ठुलो ताल रारा जाने छोटो दुरीको पर्यटकिय मार्ग निमार्णको कार्यलाई तिव्रता दिईएको छ ।छायाँनाथ रारा नगरपालिका वडा नं ९ मा रहेको नेपाल कै ठुलो ताल रारा जान जिल्ला सदरमुकाम गमगढीबाट रारा विमान स्थलसम्म ९ किमी र त्यहाँबाट माथिल्लो मिलिसम्म ३ किमी भएर १२ किमी पार गरेर जानुपथ्यो नगरपालिकाले गमगढी–तलितुम–माथीतुम हुदै पासा हाल्नसम्मको ७ किमी दुरी छोटो हुने मार्ग निमार्णलाई तिव्रता दिएको हो ।

पर्यटकहरु कणाली राजमार्ग भएर रारा आउने र दुरी टाढा हुदा सदरमुकाम गमगढी नझरेर फकर्ने गदै आएका छन सदरमुकामको सिरानमा देश कै प्रमुख पर्यटकिय स्थल भएर पनि त्यसको फाईदा सदरमुकामबासीले लिन सकेको छैनन ।अब सदरमुकामबाटै छोटो दुरीको पर्यटकिय मार्र्ग निमार्ण सम्पन्न भए रारा घुम्न आउने आन्तरिक तथा बाईय पर्यटकहरु जिल्ला सदरमुकाम भएर सिधै रारा जान सक्नेछन ।रारा देश कै प्रमुख पर्यटकिय स्थल भएर पनि यहाँ खान,बस्नको भरपर्दो व्यवस्था नहुदा स्वर्गमा आएर बास,गासको समस्या भोग्नु परेको पर्यटकहरुले गुनासो गदै आएका थिए ।

सदरमुकामबाटै छोटो दुरीमा रारा पुग्ने पर्यटकिय यो मार्ग निमार्ण सम्पन्न भएमा सदरमुकाममा रहेका सुविधा सम्पन्न होटेलहरुमा पर्यटकहरु बास बस्न,रारा घुमेर पुन बास बस्न सदरमुकाम मै आउन सक्नेछन ।रारामा ताल बाहेक अन्य पर्यटककिय स्थलहरुको विकास र प्रचार प्रसार नहुदा पर्यटकहरु बसाई छोटाएर फर्कने गरेका थिए,सदरमुकाम बसाई भएमा यहाँ रहेका कालिका मालिका मन्दिर,छायाँनाथ,ऋणीमोक्क्ष र थार्प मष्टाकोे दर्शन गर्न पाउनु का साथै रु १ मा अंकिल चंखेली हिमालको दृश्यावलोकन र भ्रमण गर्न सक्नेछन यसले गर्दा पर्यटकहरुको बसाई लम्विनुका साथै धार्मिक तथा प्राकृतिक पर्यटकिय स्थलहरुको प्रचार प्रसार हुनेछ ।यो मार्ग बनेमा सदरमुकामबाट सिधै रारा जादा बाटोमा पर्ने तलितुम,सायाँखोला र माथीतुम गाँउहरुको ग्रामिण रहन,सहन,चाल,चलन,धर्म,संस्कृतिहरु देख्न पाईनेछ भने यो मार्गको निमार्णले ग्रामिण पर्यटनमा पनि टेवा पुग्न देखिन्छ ।

रारा घुम्न आउने पर्यटकहरुलाई सदरमुकाम तर्फ तान्न र पर्यटकहरुलाई यहाँ रहेका रारा बाहेकका अन्य धार्मिक तथा प्राकृतिक पर्यटकिय स्थलहरुमा ध्यान केन्द्रित गराई मुगु बसाई लम्बाउने, जिल्लाको आर्थिक विकासमा सहयोग पु¥याउने उदेश्यले गमगढी–माथीतुम–पासाहाल्ना– रारा पर्यटकिय मार्ग निमार्ण कार्य थालिएको छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले बताउनु भयो ।गत आर्थिक बर्षमा नगरपालिकाले यो मार्ग निमार्णका लागी ५९ लाख रकम विनियोजन गरेको थियो भने यो बर्ष पनि यो मार्गलाई निरन्तरता दिई निमार्णका लागी बजेट छुटाएको छ । सोमबार नगरप्रमुख हरिजंग शाही,पुर्व शिक्षा राज्यमन्त्री हस्त बहादुर मल्ल,वडानं २ का वडा अध्यक्ष परेकराज चौलागाई,समाजसेवीहरु देविकृष्ण रावल,नवराज चौलागाई सहितको टोलीले यो मार्गको निमार्ण कार्यप्रगतीको स्थलगत अनुगमन गरेको छ ।

स्थलगत अनुगमन गर्दा काम सन्तोष जनक पाईएको र चालु आवमा सम्पन्न हुनेगरि कामको रप्तार बढाउन निमार्ण उपभोक्ता समितीलाई सल्लाह दिएको नगर प्रमुख शाहीले बताउनु भयो । उहाँले भन्नुभयो चालु आर्थिक बर्ष मै यो मार्ग सम्पन्न भएर भएर बैशाखबाट नै रारा जान प्रयोगमा आउछ ।

यो मार्ग निमार्णका लागी पटक पटक विभिन्न फोरमहरुमा कुरा उठाएको बल्ल नगरपालिकाबाट सदरमुकामबासीहरुको सपना पुरा हुन लागैको र यो मार्ग संचालनमा आएमा सदरमुकाममा रहेका होटेल तथा अन्य व्यवसायहरु फस्टाउने उद्योग बाणिण्य संघ मुगुका अध्यक्ष कमल बहादुर बुढाले बताउनु भयो ।यो पर्यटकिय मार्ग निमार्णका लागी छायाँनाथ रारा नगरपालिकाले आर्थिक बर्ष ०७४÷०७५ मा ५ लाख,०७५÷०७६मा २० लाख र गत आंःबमा ५० लाख छुटाएर खर्च गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्