Tuesday, May 11

नाचगान सहित दरभोज गरेर तीज मनाए पछि देखियो पुरै टोलमा कोरोना संक्रमण देखियो

August 23, 2020 373

काठमाडौंको पूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ७ मा तीजको दर भोज आयोजना गरेकै घरको महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर ७ स्थित सयपत्री टोलकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।काठमाडौं उपत्यकाको ३ वटै जिल्ला प्रशासनले कोरोना संक्रमण बढ्दै गएपछि भदौ ३ गतेदेखि एक साताको लागि निषेधाज्ञा लगाएको छ।

प्रशासनले जिल्लावासी सबैलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आव्हान गरिरहेको छ । कोरोना संक्रमणप्रति सतर्कता अपनाउन भोज भतेर लगयत सामूहिक जमघट समेत निषेध गरिएको छ । स्रोतका अनुसार संक्रमित ती महिलाले भने आफूमा कोरोना पुष्टि हुनअघि घरमै तीजको दर भोज आयोजना गरेकी थिइन् ।

कागेश्वरी मनोहरा नगरपालिकाको खहरे–वीरेन्द्रचोक क्षेत्र सिल – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित खहरे–वीरेन्द्रचोक क्षेत्र पनि सिल गरिएको छ । कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौं महानगरपालिका३२ को सीमाना खहरेचोकदेखि गान्धी स्कुल हुँदै वीरेन्द्रचोक ९जगतजंग मार्ग० सम्म आउजाउ गर्न निषेध गरिएको हो ।

कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख कृष्णहरि थापाले कोरोना संक्रमित देखिएको बस्तीलाई सिल गरिएको बताए । उनका अनुसार कागेश्वरी मनोहरामा अहिलेसम्म ६९ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।

वडा नम्बर ९ मा हालसम्म ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउदै नगरप्रमुख थापाले संक्रमितको संख्या बढदै गएपछि नगरपालिकाभित्र कोरोना परीक्षण दायर पनि बढाइएको बताए ।नगरपालिकाको वडा नम्बर ६ मुलपानीस्थित नगर अस्पतालमा नगरवासीको कोरोना परीक्षण गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्