Wednesday, June 23

जब साना बालबालिकाले बिलौना गर्दै हामीलाई आमाको काखवाट नछुटाउनुस् भन्दै बिलौना गर्न थाले तब पुष्पाले मन धाम्न सकिनन, बारिरियो यस्तो भिडियो

August 23, 2020 378

काठमाण्डौं । यतीबेला केयर बाल गृहमा रहेका ११ बालिकाहरु कस्ले राख्ने भन्ने बिषयमा राष्ट्रिय बाल अधिकार परिषद र पुष्पा अधिकारी बिच सर्वच्व अदालतमा रिट परेको छ । निवेदक पुष्पा अधिकारीले २०७७ साल साउन २५ गते सर्वच्च अदालतमा बन्दिप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेपछी राष्ट्रिय बाल अधिकार परिषदले आफुलाई चोखो राख्न निकै मेहनत गरी रहेको छ ।

ती ११ बालिकाहरुको आफन्तलाई सम्पर्क गर्ने, उनिहरुलाई बालिका फिर्ता लानुस् भन्दै दवाव दिने जस्ता कार्य गरीरहेको सुन्नमा आएको छ ।काठमाण्डौंको रहनसहनमा हुर्की बढेका र पढाई गर्दै गरेका ती बाललिकाहरु अहिलेको यस्तो अवस्थामा घर जान राजी होलान रु तिनीहरुलाई कुनै कुराको कमी हुन नदिएकी पुष्पाको बि’रुद्धमा बोल्न सक्लान रु यही प्रश्नले हामीलाई पनि राज्यको निकाय सँग संका उत्पन्न गराएको छ ।

पुष्पा अधिकारिको नजरमा सयौं थुङा फुलका माला जस्तै थिए केयर बाल गृहमा रहेका यी बालिकाहरु । आज सरकारले उद्दारको नाम ती बालिकाहरुलाई अन्यत्रै राखेर सो घर रित्तो बनाएको छ । एउटा कर्म दिने आमाको कोखबाट सन्तान खोसेको छ । बिगत ४ बर्ष देखी यही घरमा हाँसीखेली हुर्की पढ्दै मिठो सपना बोकेका ती नानीहरुलाई पुनर्मिलनको बहानामा सहारा खोस्दै छ ।

थाह छैन सरकारको निती कस्तो छ के छ तर त्यसरी बालिकाहरुको इच्छा बिपरित उनिहरुलाई त्यो बाल गृहबाट यसरी लगिनु कस्तो मानव अधिकार हो कत्तिको जायज हो रु कस्तो नियम हो तपाईं हामीले बुज्नै पर्ने भएको छ ।

बालिकाहरुलाई परिषदका कर्मचारीहरुले कसरी लतारेर लगेको छ । राज्यको निकायको यस्तो कृयाक्लापले देशलाई समुन्नत समाज बनाउन र सम्रिद्धी तिर लान चाहने ओली सरकारले न्याय दिन सक्ला रु सन्तान मोहले ब्याकुल बनेकी पुष्पा अधिकारी र यी बालिकाहरुको पुनर्मिलन गराउन सक्ला रु यो भने हेर्न बाँकी छ । लेखक रतन चन्द ।

 

प्रतिकृया दिनुहोस्