Friday, April 23

बजार र कम्पनीमा सकियो खाद्यन्न, रोग भन्दा भोकले मरिने अवस्था आउदै

August 24, 2020 357

युद्ध बहादुर मल्ल/मुगु -जिल्लामा खाद्य गोदाम रित्तिए पछि उपभोक्तालाई चामल पाउन मुश्किल हुन थालेको छ । गमगढीमा रहेको मुख्य खाद्य गोदाम सहित सोरुकोट, पूलु, श्रीकोट, रातापानी, कालै लगायत खाद्य डिपोहरु खाद्यन्न सकियपछि उपभोक्ताहरुलाई खाद्यन्न पाउन समस्या भएको हो ।गत आर्थिक बर्षमा ढुवानी भएको चामल बिक्री भई सकिएको र यो चालु आर्थिक बर्षको चामल ढुवानीको लागि ठेक्का प्रकृया मै रहेको हुदा जिल्लाभरीका खाद्य डिपो देखि बिक्री केन्द्रमा खाद्यन्न सकिएका छन ।गमगढी खाद्य गोदाम ५ सय क्वीन्टल चामल आपत्तकालिनको लागि जगेडा राखेको र सबै डिपोमा चामल नभएको खँद्य ब्याबस्थापन तथा ब्यापार कम्पनी लिमिटेड मुगु शाखा प्रमुख कर्णबहादुर रावलले बताउनु भयो ।

लक डाउनका बेला स्थानिय सरकारहरुले राहत स्वरुप वितरण गरेको चामल लिमिेटेड बाटै लगेको र बाहिर जिल्ला तथा भारत र अन्य मुलुकमा रहेका मुगालीहरु यो अबधीमा जिल्ला भित्रीएकाले चामल विक्री वितरण बढेर आभाव भएको पनि उहाले बताउनु भयो ।
राहत वितरण गर्दा जिल्लामा रहेका चार वटा स्थानिय सरकारहरुले लिमिटेडका विकी्र केन्द्र,डिपो तथा शाखाबाट १० हजार १ सय १९ दशमलव ४५ क्युनटल चामल खरिद गरेका थिए ।गत बर्षहरुमा यसरी खँद्य गोदाम खाली भएको रेकर्ड थिएन उहाले भन्नुभयो यो पटक कोरोना महामारीका कारण चामल बढी खपत भएको हुदा साउन मै गोदाम रित्तिएका हुन ।

गोदाममा चामल सकिए पछि अहिले कम्पनीले बिक्रि वितरण कार्य बन्द गरिएको छ । चामल छिटो आपूर्तीको ब्यवस्था मिलाई दिन क्षेत्रिय कार्यालयमा पत्रचार गरि सकेको प्रमुख रावलले भन्नुभयो ।एकातिर कोरोनाको कहरले जिल्लामा सेमिलकडाउन लम्वीरहेको र अर्कोतिर खेतबारीमा अन्नबाली नपाकेको अबस्थामा जिल्लामा खाद्यन्न अभाव हुदा उपभोक्ताहरु चिन्तित भएका छन ।चालु वर्षमा गमगढी क्षेत्रमा १० हजार क्वीन्टल, सोरुकोट डिपोमा २२ सय क्वीन्टल, पूलु डिपोमा १२ सय क्वीन्टल, श्रीकोटमा १२ सय र रातापानीमा ८ सय क्वीन्टल बार्षिक खाद्य कोटा रहेको खँद्य ब्याबस्थापन तथा ब्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

बजारमा पनि छैन खाद्यान्न
खाद्य गोदाम मात्र नभएर गमगढी बजार क्षेत्रका ब्यापारीको पसलहरुमा पनि समेत खाद्यन्न लगायत अन्य दैनिक उपभोग्य वस्तुहरुको समेत अभाव हुन थालेको ब्यापारीहरुले बताउनु भएको छ ।लगातारको बर्षाले नाग्म–गमगढी सडक अबरुद्ध हुनु र सडक विस्तारकानाममा सडक हिलाम्य हुदा महिनौ दिनसम्म ढुवानी गर्ने मालबाहक साधन बाटो मै रोकीने समस्याले गाडीहरु मुगु आउन नमान्दा मौजाद सामान सकिएको र थप सामानहरु ल्यान कठिनाई हुदै गएकाले दैनिक उपभोग्य वस्तुहरुको अभाव हुदै गएको उद्योग बाणिज्य संघ मुगुले बताएको छ ।
गत २ गते उद्योग बाणिज्य संघ मुगुमा व्यापारीहरुको बसेको बैठकमा व्यापारीहरुले सडक नियमित नियमित संचालन नभएको सडक मर्मतमा सरकारले ध्यान नदिएको हुदाले सामान ढुवानी गर्न समस्या हुदा बजारमा दैनिक उपभोग्य वस्तुहरुको अभाव भएको बताएका थिए । अबको केहि दिनमा पनि सडक सुचारु हुन नसकेमा सामानहरु सकिएर ढोका बन्ध गरि बस्नु पर्ने अवस्था सृजना हुने व्यापारी रवि रावतले बताउनु भयो ।
बजारमा चामल,तेल,पिठो, लगायत निमार्ण सामग्री तथा लत्ता कपडाहरुको अभाव हुदै गएको पनि व्यापारीहरुले बताएका छन ।
खाद्यन्न खरिदका लागी जिल्ला सदरमुकाम तथा पालिका केन्द्रहरुमा स्थानियहरु पैसा बोकेर आउने गरेपनि कतै चामल तथा अन्यवस्तु नपाउदा रित्तो हात फर्किने गरेका छन ।एका तिर जिल्लामा सेमिलकडाउन छ,जताततै कोरोना संक्रमणको त्रासमा त्यसमा थप सरकारी डिपो र बजारमा खाद्यन्न अभाव भएको रोग भन्दा भोगले मरिने भैयो भनेर मुगालीहरुले चिन्ता लिने गरेका छन ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय मुगुमा बसेको जिल्ला खाद्य सुरक्षा समितीको बैठकको निर्णयले जिल्लामा खाद्यन अभावले विराल अवस्था आउने भन्दै क्षेत्रिय कार्यालयलाई तत्काल ६ हजार क्युनटल चाल हवाई मार्गबाट जिल्लामा पठाउन अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताउनु भयो । निर्णय अनुसार तत्कालका लागी छायाँनाथ रारा नगरपालिकालाई २ हजार,सोरु गाउपालिका १५ सय,खत्याड गाँउपालिका १५ सय र मुगुम कार्मारोङ्ग गाउपालिकाका लागी १ हजार क्युनटल चामल माग गरिएको छ ।

प्रतिकृया दिनुहोस्