Friday, April 23

वर्षाका कारण बस्ने घर भत्किएपछि दर्जन बढी गाउँलेको पालको बास, कोरोना कहरमा कसरी चलाउने दैनिकी ?

August 24, 2020 93

सुबास लामिछाने / पर्वत संवाददाता । पर्वतको फलेवास नगरपालिका ६ देबिस्थानमा हालैको निरन्तरको वर्षाले दर्जनभन्दा बढि परिवारको बिचल्ली भएको छ । कतिपयको घर नै भत्किएको छ भने कतिपयको चर्किएर बस्न नहुने अवस्था रहेको छ । वर्षाका कारण बस्ने घर भत्किएपछि धनकुमारी थापा, यामबहादुर थापा, लालवहादुर थापा, योगप्रसाद भुसाल, सुर्यवहादुर श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, दुर्गाप्रसाद जैसी, देववहादुर सार्कीको घर भत्किएका छन् ।

यि मध्ये केहिका घर पूर्ण रुपमा भत्किएका छन् भने केहि बस्नै नमिल्ने गरि चर्किएका छन् । अधिकाँशको घरभित्र पानी चुहिएर घरभित्रै छाता ओढ्नुपर्ने अवस्था रहेको स्थानीय गोपाल भुसालले जानकारी दिनुभयो । माया रिजालको घरभित्रै मुल फुटेको छ । घर भत्किएपछि यामवहादुर थापाको परिवार अस्थाई टहरो बनाएर बसेको छ । धनकुमारी थापाले छानोमा त्रिपाल टाँगेर चारैतिरबाट चर्किएको जोखिमपूर्ण छाप्रोमा बस्दै आएको बताउनुभयो । धनकुमारीले बिगत डेढ महिनादेखि त्रासैत्रासमा रातभर सुत्न समेत नसकेको गुनासो गर्नुभयो । २०७२ सालको भूकम्पका कारण चर्किएका घर अहिले वर्षाका कारण धमाधम भत्किएका हुन् ।

प्राविधिक मूल्यांकनमा सामान्य चर्किएको सूचीमा रहेका घर भत्किएपछि स्थानीयले भूकम्प पुननिर्माण प्राधिकरणले नयाँ घर बनाउन अनुदान दिनुपर्ने माग गरेका छन् । योगप्रसाद भुसालको परिवार पनि जोखिम मोलेर चर्किएको घरमै बस्दै आएका छन् । अर्को घर बनाउने उपाय नभएका र मर्मत गर्ने रकमको अभाव भएका परिवार सरकारको सहयोगको अपेक्षामा छन् । माया रिजालको घरभित्रै मुल फुटेपछि घर भत्किने खतरामा रहेको बताउँदै आवश्यक सहयोग गर्न नगरपालिकामा अनुरोध गरेपनि सहयोग नपाएको बताउनुभयो ।

दुर्गाप्रसाद जैसीको घरको छेउमा ठूलो भ्वाङ समेत परेको छ । चर्किएका घरमा सामान सबै सारेर परिवार छिमेकीको शरणमा बसेको जैसीले बताउनुभयो । नेपाली काँग्रेस फलेवास नगर समितिले आज पीडितहरुको बास्तविक अवस्थाको बारेमा अनुगमन गरेको छ । काँग्रेसले पीडितलाई आवश्यक राहात दिलाउन राज्यको ध्यानाकर्षण गराउन सबै घरमा पुगेर अवलोकन गरेको छ भने पीडितहरुलाई राहात दिलाउन पहल गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारी, फलेवास नगरसभापती हिरामणी सापकोटा, जिल्ला सदस्य शिवप्रसाद सुबेदी, मुडिकुवाका सभापती पुनाखर गौँडेल, शिक्षक संघ फलेवासका सभापती पूर्णकुमार श्रेष्ठ, देबिस्थानका नेता किरण श्रेष्ठ लगायत काँग्रेसको टोलीले सबै घरमा पुगेर पीडितहरुको अवस्थाका बारेमा जानकारी लिएको हो । काँग्रेसको टोलीले पीडितका पीरमर्का बुझ्ने र राज्यलाई झकझका

प्रतिकृया दिनुहोस्