भातरमा २३ लाख ३६ हजार बढीले कोरोनालाई जितेर घर फर्के

August 24, 2020 344

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा ६१ हजार ७४९ जना संक्रमित फेला परेका छन् । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख ५ हजार १८५ पुगेको हो । यो सँगै भारत सबैभन्दा बढी कोरोना संक्रमित हुने देशहरूको सूचिमा तेस्रो स्थानमा पर्छ भने एसियाली देशमा सबैभन्दा पहिलो स्थानमा पर्छ ।

पछिल्लो २४ घण्टामा ८४६ जनाको मृत्यु भएपछि भारतमा सोमबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५७ हजार ६९२ पुगेको छ । त्यस्तै २३ लाख ३६ हजार ७९६ जनाले कोरोनालाई जितेर घर फर्केका छन् । ७ लाख १० हजार ६९७ जनाको उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्